Psalms 21:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी देखा पर्दा दन्केको आगाले झैँ उनले तिनीहरूलाई नाश गर्नेछन्। आफ्नो रिसमा परमप्रभुले तिनीहरूलाई स्वाहा पार्नुहुनेछ र आगोले तिनीहरूलाई भस्म पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं प्रकट हुने समयमा तपाईंले तिनीहरूलाई दन्कने भट्टीझैँ तुल्याउनुहुनेछ। आफ्नो क्रोधमा परमप्रभुले तिनीहरूलाई निल्नुहुनेछ, र उहाँको आगोले तिनीहरूलाई भस्म पार्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तपाईं प्रकट हुनुहुनेछ, तपाईंले शत्रुहरूलाई दन्किरहेको आगोको भट्टीमाझैँ जलाउनुहुनेछ। याहवेहले आफ्नो क्रोधमा तिनीहरूलाई निल्नुहुनेछ, र उहाँको आगोले तिनीहरूलाई भस्म पारिदिनेछ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ, उनी तातो चूल्हा जस्तो हुन्छन्। जसले प्रत्येक कुरा दिंदछन्। आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।