Psalms 22:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरा परमेश्‍वर! हे मेरा परमेश्‍वर! तपाईंले मलाई किन त्‍याग्‍नुभयो? मैले सहायताको लागि धेरै पुकारा गरेको छु, तर अझै पनि सहायता पाएको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति “प्रभातको हरिणी” को रागअनुसार दाऊदको भजन [1] हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ? मलाई बचाउनबाट तपाईं किन यति टाढ़ा हुनुहुन्‍छ? अनि मेरो करुण-क्रन्‍दनका शब्‍दहरूबाट त्‍यति टाढ़ा?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनको लागि तपाईं किन धेरै टाढा हुनुहुन्छ? मेरा गुहारका शब्दहरूबाट तपाईं किन यति धेरै टाढा हुनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो? मलाई बचाउन तपाईं किन यति टाढा हुनुहुन्छ! तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!