Psalms 22:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर! हे याकूबका सन्तानहरू हो, उहाँको आदर गर! हे इस्राएलीहरू हो, उहाँको आराधना गर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको भय मान्नेहरू जतिले उहाँको प्रशंसा गर। याकूबका सबै सन्तान हो, उहाँको महिमा गर। हे इस्राएलका सबै सन्तान हो, उहाँको भक्ति गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू, जो याहवेहको भय मान्दछौ, उहाँको प्रशंसा गर! याकोबका सबै वंशहरू हो, उहाँको आदर गर! हे इस्राएलका सबै सन्तानहरू हो, उहाँको भय मान!
Nepali ERV (पवित्र बाइबल)
सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्दछन् परमप्रभुको प्रशंसा गर। हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ। हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।