Psalms 22:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले गरीबहरूलाई तुच्‍छ ठान्‍नुहुन्‍न, तिनीहरूका कष्‍टलाई घृणा गर्नुहुन्‍न, तिनीहरूदेखि उहाँले आफ्‍नो मुख फर्काउनुहुन्‍न। तर तिनीहरूले मद्दतको निम्‍ति पुकार्दा उहाँले उत्तर दिनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँले पीडितको दु:खलाई तुच्‍छ ठान्‍नुभएको छैन, न घृणाको दृष्‍टिले हेर्नुभएको छ। उहाँले आफ्‍नो मुहार त्‍यसबाट लुकाउनुभएको छैन, तर त्‍यसले सहायताको निम्‍ति पुकारा गर्दा उहाँले सुन्‍नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँले दुःखीहरूको पीडालाई तुच्छ मान्‍नुभएको वा अवहेलना गर्नुभएको छैन; उहाँले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुभएको छैन, तर मदतको निम्ति तिनीहरूको पुकार उहाँले सुन्‍नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ। परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न। यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न।