Psalms 22:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै जातिहरूले परमप्रभुलाई याद गर्नेछन्। संसारका हरेक कुनादेखि तिनीहरू उहाँतिर फर्किनेछन्। वंश-वंशले उहाँलाई पुज्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समस्‍त पृथ्‍वीका सबै जातिहरूले स्‍मरण गर्नेछन्‌, र परमप्रभुतिर फर्कनेछन्‌। जाति-जातिका सबै परिवारहरूले उहाँलाई दण्‍डवत्‌ गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीका अन्त्यसम्म रहने समस्त मानिसले याहवेहलाई सम्झना गर्नेछन्, र उहाँतर्फ फर्किनेछन्; र राष्ट्रहरूका सबै परिवारहरू उहाँको सामु निहुरिएर दण्डवत् गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदेशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।