Psalms 24:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू, जसका काम र विचार शुद्ध छन्, जसले मूर्तिपूजा वा झूटा प्रतिज्ञा गर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्‍नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ; जसले मूर्तिमाथि भरोसा राख्दैन, अथवा जसले झूटो ईश्‍वरको नाममा शपथ खाँदैन।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू जसले पाप कर्महरू गरेका छैनन् मानिसहरू जसका शुद्ध हृदयहरू छन्। मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्। अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।