Psalms 26:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! मलाई निर्दोष ठहराउनुहोस् किनभने जे ठीक छ, सो म गर्दछु र तपाईंमा पूरा भरोसा राख्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदको भजन [1] हे परमप्रभु, म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्। किनकि मैले निर्दोष जीवन बिताएको छु। कत्ति पनि नडगमगाईकन मैले परमप्रभुमा भरोसा राखेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मलाई निर्दोष प्रमाणित गर्नुहोस्; किनकि मैले दोषरहित जीवन जिएको छु; ढलपल नभइकन मैले याहवेहमा भरोसा राखेको छु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु मेरो न्याय गर्नुहोस्। म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।