Psalms 28:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, मेरा रक्षक! म तपाईंसँग बिन्‍ती गर्दछु, मेरो पुकार सुन्‍नुहोस्! मलाई उत्तर दिनुभएन भने मृत्‍यु-लोकमा जानेहरूको माझमा म पनि हुनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदको भजन [1] हे परमप्रभु, मेरो चट्टान, म तपाईंलाई पुकार्दछु, मेरो पुकारा नसुनेजस्‍तो नगर्नुहोस्‌, नत्रता तपाईं मौन रहँदा, म मृत-लोकमा पर्नेहरूजस्‍तो हुनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, म तपाईंलाई पुकार्दछु; तपाईं मेरा चट्टान हुनुहुन्छ, मेरो पुकार नसुनेजस्तो नगर्नुहोस्; किनकि यदि तपाईं मौन रहनुभयो भने, म चिहानमा पर्नेहरूजस्तै हुनेछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ। म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु। मेरो प्रार्थनाहरूलागि कान नथुन्नुहोस्! यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरूभन्दा हीन छु।