Psalms 28:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई रक्षा गर्नुहुन्‍छ र मलाई बचाउनुहुन्‍छ; म उहाँमाथि भरोसा राख्‍छु। उहाँले मलाई सहायता गर्नुहुन्‍छ र आनन्‍द दिनुहुन्‍छ, आनन्‍दका गीतले म उहाँको प्रशंसा गर्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्‍छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ, र मैले सहायता पाएको छु। मेरो हृदय उल्‍लसित छ, र म भजनद्वारा उहाँलाई धन्‍यवाद चढ़ाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ; मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ; मेरो हृदय आनन्दले उफ्रन्छ, र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो शक्ति हुनुहुन्छ। उहाँ मेरो ढाल हुनुहुन्छ, म उहाँमाथि भरोसा गर्छु, म खुशी छु र उहाँको प्रशंसाको गीत गाउँछु।