Psalms 29:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको सोरले फलाँटका रूखहरूलाई हल्लाउँदछ र त्यसका पातहरू झर्दछन्, त्यति बेला उहाँको मन्दिरमा भएका सबै जनाले जोडसँग भन्दछन्, “परमेश्वरलाई महिमा होस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको वाणीले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ, र जङ्गल लाछलुछ पारेर उजाड तुल्याउँदछ। अनि उहाँको मन्दिरमा सबै “महिमा!” भन्दै कराउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ, र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ। उहाँको भवनमा सबै जना “महिमा!” भन्दै कराउँछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ। परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ; तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।