Psalms 30:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! म तपाईंको प्रशंसा गर्छु किनभने तपाईंले मलाई बचाउनुभयो र मेरा शत्रुहरूलाई हाँसो उडाउन दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्‍दिर समर्पणको निम्‍ति दाऊदको भजन [1] हे परमप्रभु, म तपाईंका महानताको स्‍तुति गाउनेछु, किनभने तपाईंले मलाई गहिराइदेखि माथि उचाल्‍नुभएको छ, र मेरा शत्रुहरूलाई मेरो हाँसो गर्न दिनुभएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, म तपाईंलाई उच्‍च पार्नेछु; किनकि तपाईंले मलाई गहिराइबाट माथि उचाल्नुभएको छ, र मेरा शत्रुहरूलाई ममाथि विजय हुन दिनुभएको छैन।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंले मलाई मेरो संकटहरूबाट माथि उठाउनु भयो। तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन। यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।