Psalms 30:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु! तपाईं मेरो निम्‍ति भलो हुनुहुन्‍थ्‍यो, पहाडमाथिको गढीले झैँ तपाईंले मेरो रक्षा गर्नुभयो। तर जब तपाईं मदेखि लुक्‍नुभयो, म डराएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तपाईंले निगाह गर्नुहुँदा, तपाईंले मेरा पहाड़लाई सुदृढ़ पार्नुभयो। तर जब तपाईंले आफ्‍नो मुहार लुकाउनुभयो, म दु:खित भएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, जब तपाईंले ममाथि आफ्नो कृपादृष्‍टि राख्नुभयो, तब तपाईंले मलाई पहाड समान स्थिर पार्नुभयो; तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो, म निराश भएँ।
Nepali ERV (पवित्र बाइबल)
हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन! जब तपाईंले मबाट मुख फर्काएर जानुभयो, म डराएँ र कामे।