Psalms 30:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो मृत्‍युले तपाईंलाई के नाफा हुन्‍छ? म चिहानमा जाँदा तपाईंलाई के लाभ हुन्‍छ? के मरेका मानिसहरूले तपाईंलाई प्रशंसा गर्न सक्‍छन्? के तिनीहरूले तपाईंको अटुट भलाइको बारेमा भन्‍न सक्‍छन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म मृत-लोकमा गएँ भने मेरो नाशमा के लाभ हुन्‍छ? के धूलोले तपाईंको प्रशंसा गर्छ र? के त्‍यसले तपाईंको विश्‍वसनीयताको वर्णन गर्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि मेरो विनाश भयो भने, यदि म चिहानमा गएँ भने के लाभ हुन्छ र? के धुलोले तपाईंको प्रशंसा गर्छ र? के त्यसले तपाईंको विश्‍वसनीयताको घोषणा गर्छ र?
Nepali ERV (पवित्र बाइबल)
मैले भने, “परमेश्वर, के राम्रैंे हुन्छ! यदि म मरे अनि चिहानभित्र गए भने? मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्! तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्। कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौ। तिनीहरूले मानिसहरूलाई भन्दैनन्।