Psalms 31:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! म सुरक्षाको निम्ति तपाईंको शरण पर्दछु, मेरो हार कहिल्यै हुन नदिनुहोस्! तपाईं धर्मी परमेश्वर हुनुहुन्छ, म प्रार्थना गर्दछु, मलाई बचाउनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन [1] हे परमप्रभु, मैले तपाईंमा शरण लिएको छु, मलाई कहिल्यै पनि शर्माउनु नपरोस्, तपाईंको धार्मिकतामा मेरो उद्धार गर्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मैले तपाईंमा शरण लिएको छु; मलाई कहिल्यै पनि शर्ममा पर्न नदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई छुटाउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु मलाई निराश नपार्नुहोस्। मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।