Psalms 31:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंलाई आदर गर्नेहरूका लागि जे असल कुरा तपाईंले तयार गर्नुहुन्छ, ती कति उदेकलाग्दा छन्! तपाईं कति भलो हुनुहुन्छ, तपाईंमा भरोसा गर्नेहरूलाई कति सुरक्षासाथ तपाईं बचाउनुहुन्छ, ती सबैले जान्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको भलाइ कति महान् छ, जो तपाईंको भय मान्नेहरूका निम्ति तपाईंले राख्नुभएको छ, जो तपाईंमा शरण पर्नेहरूलाई तपाईंले मानिसहरूका सामुन्ने दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका भलाइ कति प्रशस्त छन्, जसलाई तपाईंको भय मान्नेहरूका निम्ति तपाईंले भण्डार गर्नुभएको छ, तपाईंले सबै मानिसहरूका सामु तपाईंमा शरण पर्नेहरूलाई ती दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ। तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ जसले तपाईंलाई विश्वास गर्छन्।