Psalms 31:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको साथमा पाइने सुरक्षामा तिनीहरूलाई मानिसका जालदेखि कुशलसित लुकाउनुहुन्‍छ। शत्रुहरूको बदनामदेखि तपाईंले तिनीहरूलाई आश्रय दिएर कुशलसित लुकाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका उपस्‍थितिको सुरक्षित ठाउँमा तिनीहरूलाई मानिसका षड्‌यन्‍त्रबाट तपाईंले लुकाउनुहुन्‍छ। तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्‍नो वासस्‍थानमा सुरक्षित राख्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको उपस्थितिको छहारीमा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ; तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो वासस्थानमा सुरक्षित राख्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
धर्मी मानिसहरूलाई कष्ट दिनलाई दुष्टहरू एक जुट हुन्छन्। ती दुष्टहरू लडाइँ गर्न तैयार हुन्छन्। तर तपाईंले ती मानिसहरूलाई लुकाउनु हुन्छ र तिनीहरूको रक्षा गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई आफ्नो छत्रछाँयामा जोगाउनु हुन्छ।