Psalms 31:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँका विश्‍वासयोग्‍य जनहरू हो, तिमीहरूले परमप्रभुलाई प्रेम गर, परमप्रभुले विश्‍वासीहरूलाई रक्षा गर्नुहुनेछ, तर घमण्‍डीहरूलाई तिनीहरूले पाउनुपर्ने दण्‍ड दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर! विश्‍वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ, तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्‍ड दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सबै विश्‍वासयोग्यहरू हो, याहवेहलाई प्रेम गर। याहवेहले आफ्ना विश्‍वासयोग्यहरूलाई रक्षा गर्नुहुन्छ। तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ! परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्। तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्। उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्।