Psalms 32:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका सारा भक्त जनले खाँचो पर्दा तपाईंलाई प्रार्थना गर्नुपर्छ। कष्‍टको ठूलो भल बगिआउँदा, त्‍यसले तिनीहरूलाई छुन सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण हरेक भक्तजनले, जबसम्‍म तपाईंलाई प्राप्‍त गर्न सकिन्‍छ, तपाईंमा प्रार्थना गरोस्‌। अनि दु:ख-कष्‍ट र उर्लेको भेलले त्‍यसलाई छुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ, सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्; निश्‍चय नै उर्लेको डरलाग्दो भेलले तिनीहरूलाई छुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ। तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता संकटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।