Psalms 35:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो पूरा हृदयले म परमप्रभुलाई भन्‍नेछु, “तपाईंजस्‍तो अरू कोही छैन। तपाईंले निर्धालाई बलियोबाट र दरिद्रलाई सताउनेहरूबाट रक्षा गर्नुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा समस्‍त जीवनले भन्‍नेछ, “हे परमप्रभु, तपाईंजस्‍तो को छ र? निर्बललाई आफूभन्‍दा शक्तिशाली मानिसबाट तपाईं बचाउनुहुन्‍छ, अनि निर्बल र दरिद्रलाई अत्‍याचारीबाट उद्धार गर्नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो पूरा बलले भन्‍नेछु, “हे याहवेह, तपाईंजस्तो को छ र? तपाईंले दुर्बलहरूलाई तिनीहरूभन्दा शक्तिशालीहरूबाट बचाउनुहुन्छ, अनि दुर्बल र खाँचोमा परेकाहरूलाई लुटेराहरूबाट बचाउनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ, “हे परमप्रभु! तपाईं परमेश्वर जस्तो हुनुहुन्छ, तपाईं ती बलिया मानिसहरू माझका कमजोर मानिसहरूलाई बचाउनु होस् तपाईंले ती बलिया मानिसहरूबाट सामानहरू थुतेर ती खाँचोमा परेका गरीब मानिसहरूलाई दिनुभयो।”

Recommended Reading