Psalms 35:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो कष्टमा रमाउनेहरूको पूरा हार होस्, तिनीहरू अन्योलमा परून्। “मभन्दा असल छन्,” भनी हिँड्नेहरूचाहिँ लाज र बदनाममा परून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो आपत्को समय मेरो हाँसो उड़ाउनेहरू सबै लाजमा परून् र अस्तव्यस्त होऊन्। मभन्दा ठूलो हुँ भनी धाक दिनेहरू सबै लाजमा परून् र अपमानित होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो विपतको समयमा मेरो हाँसो उडाउनेहरू सबै लाजमा र अन्योलमा परून्; मभन्दा ठूलो हुँ भनी घमण्डले धाक दिनेहरू सबै शर्म र अपमानले ढाकिऊन्।
Nepali ERV (पवित्र बाइबल)
म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्। जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्। तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्! यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन।