Psalms 35:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई मार्न खोज्नेहरूको हार र अपमान होस्। मलाई जाल गर्नेहरू पिठ फर्काएर भाग्नुपरोस् र तिनीहरू अन्योलमा परून्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो ज्यानको खेदो गर्नेहरू शर्ममा परून्, र तिनीहरू अपमानित होऊन्। मेरो विरुद्धमा उपाय रच्नेहरू लखेटिऊन् र अलमल्ल परून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो प्राण लिन खोज्नेहरू अपमानित होऊन् र शर्ममा परून्; मेरा विरुद्धमा हानि रच्नेहरू पछाडि फर्कून् र शर्ममा परून्।
Nepali ERV (पवित्र बाइबल)
कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्। तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्। तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्। यसर्थ तिनीहरूलाई जित्नु होस् र लज्जित पार्नु होस्।