Psalms 36:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफैंलाई खुब ठूलो भन्‍ठानेकोले त्‍यसले सोच्‍छ कि परमेश्‍वरले मेरो पाप भेट्टाउनुहुन्‍न र त्‍यसको लागि मलाई दोषी ठहराउनुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि त्‍यसले आफ्‍नो यति प्रशंसा गर्छ कि आफ्‍नो पाप त्‍यसले फेला पार्दैन र घृणा गर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफूलाई आफ्नो नजरमा उच्‍च ठान्छन्, तिनीहरूले आफ्ना अधर्म फेला पार्दैनन् वा आफ्ना पाप घृणा गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस आफैंसित झूटो हुन्छ। त्यस मानिसले आफ्नो गल्ती देख्दैन। यसैले उसले क्षमाको याचना गर्दैन।