Psalms 37:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दरिद्र र अभावमा परेका मानिसहरू मार्नलाई र असल काम गर्नेहरूलाई नाश पार्नलाई दुष्टहरूले आफ्ना तरवारहरू निकाल्दछन् र धनु-काँड ताक्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दु:खी र कङ्गालीहरूलाई ढाल्न, र सत्यको बाटोमा हिँड्नेहरूलाई मार्न, दुष्टहरूले तरवार थुत्छन्, र धनुमा ताँदो चढ़ाउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुःखी र खाँचोमा परेकाहरूलाई ढाल्न, र सत्यको बाटोमा जिउनेहरूलाई मार्न, दुष्टहरूले तरवार थुत्छन्, र धनुमा ताँदो चढाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्। ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्। ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्।