Psalms 37:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ। दुष्ट मानिसदेखि तिनीहरूलाई बचाउनुहुन्छ किनभने रक्षाको लागि तिनीहरू उहाँको शरण पर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिनीहरूलाई मदत गर्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ, उहाँले तिनीहरूलाई दुष्टबाट छुटाएर तिनीहरूलाई बचाउनुहुन्छ, किनभने तिनीहरूले उहाँको शरण लिन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिनीहरूलाई मदत गर्नुहुन्छ, र तिनीहरूको उद्धार गर्नुहुन्छ; उहाँले तिनीहरूलाई दुष्टबाट उद्धार गर्नुहुन्छ र बचाउनुहुन्छ; किनभने तिनीहरूले उहाँमा शरण लिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउनु हुन्छ। धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन् अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।