Psalms 39:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले आफ्‍ना हप्‍काइद्वारा मानिसलाई उसका पापको दण्‍ड दिनुहोस्, अनि उसले मन पराएका कुरालाई किराले जस्‍तै नष्‍ट पारिदिनुहुन्‍छ। साँच्‍चै, मानिस एक मुट्ठी सासभन्दा केही बढी छैन!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले मानिसलाई त्‍यसका पापको निम्‍ति हप्‍काउनुहुन्‍छ र ताड़ना दिनुहुन्‍छ, कीराले खाएझैँ त्‍यसको सम्‍पत्तिलाई सखाप पारिदिनुहुन्‍छ। प्रत्‍येक मानिस एक मुट्ठी सास मात्र हो। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तपाईंले मानिसहरूलाई तिनीहरूका पापको निम्ति हप्काउनुहुन्छ र ताडना दिनुहुन्छ; तब तपाईंले तिनीहरूका धनसम्पत्ति धमिरालेझैँ नष्‍ट पार्नुहुन्छ— साँच्‍चै, हरेक मानिस एक मुट्ठी सास मात्र हो।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो, तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्। जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ। हो, हाम्रो जीवन चाँडै नै हराउने जाने बादल जस्तो छ।