Psalms 39:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मेरो जीवन कति छोटो बनाउनुभएको छ। तपाईंको दृष्‍टिमा मेरो जीवनकाल केही होइन। साँच्‍चै, हरेक मानिस एक मुट्ठी सासभन्दा केही बढी छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले मेरो जीवनकाल बित्ताभरको बनाउनुभएको छ, र मेरो आयु तपाईंको दृष्‍टिमा केही पनि होइन। मानिसको जीवन एक मुट्ठी सासमा मात्र अड़ेको छ। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मेरो जीवनकाल छोटो बनाउनुभएको छ; तपाईंको दृष्‍टिमा मेरो जीवनको आयु नगण्य छ। हरेक मानिसको जीवन एक मुट्ठी सास मात्र हो; तिनीहरूको पनि जसले आफूलाई सुरक्षित सम्झन्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो। तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ। प्रत्येक मानिसको जीवन बादल जस्तो छ जुन चाँडै विलिन हुँदछ, कुनै पनि मानिस सदा सर्वदा बाँच्दैन!