Psalms 4:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(वाद्य नाइकेको निम्ति - तारको बाजामा दाऊदको भजन) [1] हे परमेश्वर, मेरा रक्षक! मैले प्रार्थना गर्दा मलाई उत्तर दिनुहोस्। म कष्टमा छँदा तपाईंले मलाई सहायता गर्नुभयो। अहिले ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा दाऊदको भजन [1] हे धार्मिक परमेश्वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्! सङ्कष्टमा पर्दा मलाई आश्रय दिनुहोस्। ममाथि अनुग्रह गर्नुहोस्, र मेरो प्रार्थना सुन्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा धार्मिक परमेश्वर, मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्। मेरो सङ्कष्टबाट मलाई मुक्त गर्नुहोस्; ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु मलाई जवाफ दिनुहोस्। मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्! मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्!