Psalms 4:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए मानिसहरू! कहिलेसम्‍म तिमीहरूले मेरो बदनाम गर्छौ? कहिलेसम्‍म व्‍यर्थका कुराहरू मन पराउँछौ र झूटा कुराहरूको पछि लाग्‍छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मानिस हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्‍म लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्‍म तिमीहरू व्‍यर्थका कुराहरू रुचाउनेछौ र असत्‍य देवताहरूको पछि लाग्‍नेछौ? सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मानिसहरू हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म शर्ममा परिवर्तन गरिरहन्छौ? तिमीहरू कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र असत्यको पछि लागिरहन्छौ?
Nepali ERV (पवित्र बाइबल)
हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ? मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ। त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ।