Psalms 40:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुक्तिको शुभ-खबर मैले आफैंले मात्र लुकाइराखेको छैनँ, तपाईंको विश्‍वासयोग्‍यता र सहायताबारे मैले सधैँ बोलेको छु। तपाईंका सारा प्रजा भेला भएको सभामा तपाईंका विश्‍वासयोग्‍यता र अटुट प्रेमको बारेमा भन्‍नलाई मैले मुख खोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिनँ। तपाईंको विश्‍वस्‍तता र तपाईंबाट हुने उद्धारको विषयमा म बोल्‍दछु। तपाईंको प्रेम र तपाईंको सत्‍यता म ठूलो सभाबाट लुकाउँदिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको धार्मिकता म मेरो हृदयमा लुकाउँदिनँ; तपाईंको विश्‍वासयोग्यता र तपाईंको मुक्तिको विषयमा म बोल्छु। तपाईंको अचुक प्रेम र तपाईंको सत्यता म ठूलो महासभामा लुकाउँदिनँ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ, मैले ती कुराहरू हृदयमा लुकाई राखिन। परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्। मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइन।