Psalms 40:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई धेरै कष्टहरूले घेरेका छन्, ती गन्न नसकिनेछन्! मेरा पापले मलाई पक्रेका छन् र म अब देख्न सक्दिनँ, ती पाप मेरा टाउकोको केशभन्दा धेरै छन् र मैले साहस हराएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि अनगन्ती कष्टहरूले मलाई घेरेका छन्, मेरा अपराधहरूले मलाई यतिसम्म दबाएका छन्, कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढ़ी छन्, अनि मेरो हृदय हताश भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि असंख्य कष्टहरूले मलाई चारैतिर घेरेका छन्; मेरा अपराधहरू यतिसम्म थुप्रिएका छन्, कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढी छन्; यसैले मेरो हृदय हताश भएको छ।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरू मेरो चारैतिर थुप्रेका छन्। तिनीहरू अनगन्ती छन्! मेरा पापहरूले मलाई पक्रियो, अनि म तिनीहरूबाट भाग्न सक्तिन। तिनीहरू मेरो टाउकोको केशभन्दा पनि धेरै छन्। मैले मेरो आँट हराएको छु।