Psalms 40:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ज-जसले मलाई मार्न खोज्‍छन्, तिनीहरूको हार होस् र तिनीहरू अन्‍योलमा परून्। मलाई कष्‍ट परेकोले जति जना खुसी भएका छन्, तिनीहरू पछि हटून् र तिनीहरूको बदनाम होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो प्राण लिन खोज्‍नेहरू सबै लाज र अन्‍योलमा परून्‌। मेरो विनाशको कामना गर्नेहरू सबै पिठिउँ फर्काएर जाऊन्‌ र अपमानित होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो प्राण लिन खोज्नेहरू सबै जना शर्ममा र अन्योलमा परून्; मेरो विनाश चाहनेहरू सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्!
Nepali ERV (पवित्र बाइबल)
ती दुष्ट मानिसहरूले मलाई मार्ने प्रयास गरिरहेछन्। हे परमप्रभु, ती मानिसहरूलाई लज्जित र निराश बनाई दिनुहोस्। तिनीहरूले मलाई कष्ट दिन चाहन्छन्, तिनीहरूलाई लज्जित बनाएर भगाउनु होस्!