Psalms 40:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंकहाँ आउने सबै जना आनन्दित र हर्षित होऊन्, तपाईंको मुक्तिको निम्ति धन्यवाद मान्ने सबैले सधैँ यस्तो भनून्, “परमप्रभु कति महान् हुनुहुन्छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जस-जसले तपाईंलाई खोज्छन्, ती सबै तपाईंमा रमाऊन् र आनन्दित होऊन्। तपाईंको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्तर भनून्, “परमप्रभुको नाउँ उच्च होस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईंलाई खोज्नेहरू सबै, तपाईंमा रमाऊन् र आनन्दित होऊन्; तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्, “याहवेह महान् हुनुहुन्छ!”
Nepali ERV (पवित्र बाइबल)
तर ती मानिसहरू ज-जसले तपाईंको सहायता खोज्दछन आनन्दित र खुशी होऊन। तपाईंले गरेको संख्यालाई तिनीहरूले प्रेम गर्छन। तिनीहरूले सधैं यसो भन्न, “परमप्रभु महान् हुनुहुन्छ।” 27हे स्वामी, म दुःखी अनि असहाय मानिस हुँ, मलाई सहायता गर्नुहोस्। मलाई रक्षा गर्नु होस्। हे मेरो परमेश्वर, विलम्ब नगर्नु होस्!