Psalms 40:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! हाम्रा परमेश्‍वर! तपाईंले हाम्रा निम्‍ति धेरै काम गर्नुभएको छ, तपाईंजस्‍तो अरू कोही पनि छैनन्। तपाईंले हाम्रा निम्‍ति धेरै अचम्‍मका योजनाहरू बनाउनुभएको छ। ती यति धेरै छन् कि म ती सबैका बारेमा बताउन सक्‍दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले गर्नुभएका अचम्‍मका कामहरू धेरै छन्‌। तपाईंले हाम्रा निम्‍ति गर्नुभएका योजनाहरू तपाईंको अगि कसैले वर्णन गर्न सक्‍दैन। मैले तिनका बारेमा वर्णन गर्न चाहें भने पनि ती घोषणा गर्न सक्‍नेभन्‍दा धेरै हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरा परमेश्‍वर, तपाईंले गर्नुभएका अद्‌भुत कार्यहरू धेरै छन्; तपाईंले हाम्रो निम्ति गर्नुभएका योजनाहरू धेरै छन्। तपाईंको तुलना कसैसँग गर्न सकिँदैन; मैले तपाईंका कामहरूका बारेमा वर्णन गर्नुपर्‍यो भने, ती घोषणा गर्न असंख्य हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ! तपाईंसँग हाम्रो लागि अद्भूत प्रकारका योजनाहरू छन्। कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्! म घरि-घरि ती कुराहरू भन्छु जुन कुराहरू अनगन्ती छन्।