Psalms 40:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले भेटी र बलिदान चाहनुहुन्‍न, वेदीमाथि पशुहरू सिङ्गै डढाएको चाहनुहुन्‍न वा पाप बलि पनि चाहनुहुन्‍न। बरु तिनका सट्टामा तपाईंको कुरा सुन्‍नलाई मलाई कान दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बलिदान र भेटी तपाईंले चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ। होमबलि र पापबलिको माग तपाईंले गर्नुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले बलिदान र भेटी चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ, तपाईंले होमबलि र पाप शुद्धीकरण बलि चाहनुभएन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न। तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।