Psalms 40:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! तपाईंका सारा प्रजा भेला भएको सभामा तपाईंले हामीलाई बचाउनुहुन्‍छ भनेर शुभ-खबर सुनाएँ। यो खबर भन्‍न म कहिल्‍यै रोकिनेछैनँ भनी तपाईं जान्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म ठूलो सभामा उद्धारको सुसमाचार सुनाउँछु। मेरा ओठहरू म बन्‍द गर्दिनँ, हे परमप्रभु, तपाईंलाई यो थाहा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म ठूलो महासभामा तपाईंको धार्मिकताको घोषणा गर्छु; म मेरा ओठहरू बन्द गर्नेछैनँ; हे याहवेह, तपाईंले यो जान्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ। अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!