Psalms 41:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई हेर्न आउनेहरू राम्रा मनले आउँदैनन्; तिनीहरूले मेरो बारेमा दुष्ट कुराहरू बटुल्छन्, बाहिर गएर जहाँतहीं ती कुराहरू भनिहिँड्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मलाई हेर्न कोही आउँछ, त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयमा अधर्मका कुराहरू थुपार्छ। तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तीमध्ये कोही मलाई भेट्न आउँछ, त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयले अधर्मका कुराहरू थुपार्छ; तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू मलाई हेर्न आउँछन्। तर तिनीहरूले वास्तवमा के सोचिरहेछन् तिनीहरू भन्दैनन्। तिनीहरू खाली मबाट केही समाचारहरू मात्र लिन आउँछन्, अनि तिनीहरू जान्छन् र मेरो विषयमा उडन्ते कुराहरू फिंजाउँछन्।