Psalms 42:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रात-दिन म रुँदै छु, आँसु मात्र मेरो भोजन भएको छ, सबै समय मेरा शत्रुहरूले सोध्छन्, “तिम्रा परमेश्वर कहाँ छन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो आँसु रातदिन मेरो आहार बनेको छ, र मानिसहरू लगातार मलाई भनिरहन्छन्, “खोइ त तेरा परमेश्वर?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो आँसु दिनरात मेरो भोजन बनेको छ, मानिसहरू निरन्तर मलाई भनिरहन्छन्, “खोइ त तेरो परमेश्वर?”
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुले निरन्तर मलाई ठट्यौली बनाएको छ। ऊ भन्छ, “तेरो परमेश्वर कहाँ छ? ऊ तिमीलाई बचाउन आउँछ?” म, उदास र दुःखी भएँ। आँसु मेरो रात दिनको खाद्य बनिएको छ जो मेरो आँखाबाट झर्छ।