Psalms 42:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बितेका दिन याद गर्दा मेरो हृदय टुक्रा-टुक्रा हुँदछ। त्यस बेला म झुण्ड-झुण्डसँग मिली परमेश्वरको मन्दिरमा जान्थें र तिनीहरूको अघि-अघि हिँड्दथे। आनन्दले भरिएको झुण्ड परमेश्वरको प्रशंसामा गाउँदै-कराउँदै हिँड्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरूको मलाई सम्झना हुन्छ: म कसरी ती उत्सव मनाउने जन-समूहसित हर्ष र धन्यवादसाथ जाने, र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्वरको मन्दिरतर्फ लाने गर्थें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरू म सम्झन्छु: कसरी ती उत्सव मनाउने जन समूहहरूसँग जयजयकार र धन्यवादसाथ, महान् परमेश्वरको सुरक्षामा म अगुवा भएर तिनीहरूलाई परमेश्वरको भवनतर्फ लाने गर्थेँ।
Nepali ERV (पवित्र बाइबल)
जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु मेरो हृदय र्चकिएर आउँछ। तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु। ती घुइँचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु।