Psalms 42:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[6-7] यहाँ परमेश्‍वरमा मेरो हृदय खिन्‍न भएको छ। यसैले म मेरा सोच-विचार परमेश्‍वरतिर फर्काउँछु। उहाँले मेरो आत्‍मामा अफसोसको भल बगाउनुहुनेछ। हेर्मोन र मिसार पहाडबाट तल यर्दन नदीतिर गर्जंदै बग्‍ने झरनाझैँ खलबलीको बाढीले मलाई छोपेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍तस्‍करणमा मेरो मन उदास भएको छ, यसकारण म यर्दनको देशबाट र हेर्मोन र मिसारको डाँड़ाबाट तपाईंलाई सम्‍झनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो प्राण मभित्र उदास भएको छ; यसकारण म यर्दनको देशबाट हेर्मोन पर्वत—मिसारको डाँडाबाट तपाईंलाई सम्झनेछु।
Nepali ERV (पवित्र बाइबल)
हे मेरो परमेश्वर, म एकदम उदास छु, किनभने मैले यस ठाउँबाट तपाईंलाई सम्झना गर्नुपर्छ, यस सानो पहाड जहाँ हेर्मोन पर्वत र यर्दन नदीको मिलन हुँदछ।