Psalms 43:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर! मलाई निर्दोष साबित गर्नुहोस् र अधर्मीहरूका सामु मेरा पक्षमा बोल्नुहोस्। झूटो बोल्ने र दुष्ट मानिसहरूदेखि मेरो उद्धार गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा परमेश्वर, मेरो निर्दोषता साबित गरिदिनुहोस्, र भक्तिहीन जातिको विरुद्ध मेरो पक्षमा बोलिदिनुहोस्। मलाई छल गर्ने र दुष्ट मानिसहरूबाट छुटाउनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा परमेश्वर, मलाई निर्दोष प्रमाणित गर्नुहोस्, र भक्तिहीन जातिको विरुद्धमा मेरो पक्षमा बोलिदिनुहोस्; छली र दुष्टहरूबाट मलाई छुटाउनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन। त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ। हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु। मलाई त्यो मानिसबाट बचाउनु होस्।