Psalms 43:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका ज्‍योति र सत्‍यता पठाउनुहोस्, ती कुराले मलाई बाटो देखाऊन् अनि तपाईंको पवित्र डाँडा सियोनमा, तपाईं बास गर्नुहुने मन्‍दिरमा मलाई पुर्‍याऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको ज्‍योति र तपाईंको सत्‍यता पठाइदिनुहोस्‌, तिनैले मलाई डोर्‍याऊन्‌, तिनले नै मलाई तपाईंको पवित्र पर्वतमा, त्‍यो वासस्‍थानमा पुर्‍याऊन्‌, जहाँ तपाईं वास गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको ज्योति र तपाईंको विश्‍वासयोग्यतालाई पठाइदिनुहोस्; तिनले मलाई डोर्‍याऊन्; तिनले नै मलाई तपाईंको पवित्र पर्वतमा पुर्‍याऊन्; त्यस स्थानमा, जहाँ तपाईं बास गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्। तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।