Psalms 44:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका प्रजाले आफ्नो तरवारले देश जितेनन्, आफ्नै शक्तिले तिनीहरूले जितेनन्। तपाईंका बल र सामर्थ्यले र तपाईं तिनीहरूसँग हुनुहुन्छ भन्ने ज्ञानको निश्चयताद्वारा तिनीहरूले जितेका हुन्, किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले तरवारको बलले देश जितेका होइनन्, न त उनीहरूको बाहुबलले उनीहरूले विजय हासिल गरेका हुन्। तपाईंकै दाहिने बाहुलीले, तपाईंकै पाखुराले र तपाईंका मुहारको प्रकाशले उनीहरू विजयी भएका थिए, किनभने तपाईंले उनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्नै तरवारद्वारा देश जितेका होइनन्, न त तिनीहरूको बाहुबलले विजय पाएका हुन्; तपाईंको दाहिने बाहुलीले, तपाईंकै पाखुराले र तपाईंको मुहारको प्रकाशले तिनीहरू विजय भएका थिए; किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो। उनीहरूका पाखुराहरू बलिया थिएनन्। जसले तिनीहरूलाई विजयी गराए। यो हाम्रो पिता-पुर्खाहरूसँग तपाईं भएको कारणले गर्दा भएको हो। परमेश्वर, तपाईंको महान् शक्तिले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। किन? किनभने तपाईंले उहाँहरूलाई प्रेम गर्नुभयो!