Psalms 45:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाका निम्‍ति यो गीत लेख्‍दा सुन्‍दर शब्‍दहरू मेरो मनमा भरिंदछन्। कुनै असल लेखकको कलमजस्‍तै मेरो जिब्रोमा कविता तयार छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको मस्‍किल, “लिली फूल” को रागअनुसार विवाह-गीत [1] उत्तम विषयले मेरो हृदय उत्तेजित भएको छ, जसै म राजाको निम्‍ति गीत गाउँदछु। मेरो जिब्रो सिपालु लेखकको कलम बनेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म राजाको निम्ति गीत गाउँदछु; सुन्दर विचारहरूले मेरो हृदय भरिन्छ; मेरो जिब्रो सिपालु लेखकको कलम हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
जब म यी कुराहरू राजाको निम्ति लेख्छु सुन्दर शब्दहरूले मेरो मस्टिष्कमा भरिन्छन्। शब्दहरू मेरो जिब्रोबाट आउँछन् मानौ ती शब्दहरू सिपालु लेखकका कलमबाट आइरहेकाछन्।