Psalms 45:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको पोशाकबाट मूर्र र तेजपातको जस्‍तो बासना निस्कन्छ, हात्तीका दाँतले सिङ्गारेका राजमहलमा बाजा बजाउनेहरूले तपाईंलाई खुसी पार्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका सबै पोशाकहरू मूर्र, एलवा र तेजपातको बास्‍नाले सुगन्‍धित छन्‌। हस्‍ती हाड़ले सुसज्‍जित महलबाट तारको सुरिलो सङ्गीतले तपाईंलाई प्रसन्‍न तुल्‍याउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका सबै कपडाहरू मूर्र, चन्दन, तेजपातको सुवास्‍नाले सुगन्धित छन्; हस्तीदन्तले सिँगारिएका राजमहलबाट तारको सुरिलो सङ्गीतले तपाईंलाई हर्षित तुल्याउँछ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्र, घिउकुमारी र तेजपातले युक्त छ। यहाँ देखि महल हस्तिहाडले सजिएको छ, जहाँबाट तपाईंलाई खुशी पार्न संगीत आउँछ।