Psalms 48:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले के गर्नुभएको छ, त्यो हामीले सुनेका छौं, सर्वशक्तिमान् परमप्रभु हाम्रा परमेश्वरको सहरमा अहिले हामीले त्यो देखेका छौं। त्यस सहरलाई सदाकालको निम्ति उहाँले सकुशल राख्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभुको नगरमा, हाम्रा परमेश्वरको सहरमा, हामीले जस्तो सुनेका छौं, त्यस्तै देखेका छौं, परमेश्वरले त्यसलाई सदाको निम्ति सुरक्षित राख्नुहुन्छ। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेहको सहरमा, हाम्रा परमेश्वरको नगरमा, जस्तो हामीले सुनेका थियौँ, त्यस्तै देखेका छौँः परमेश्वरले तिनलाई सदासर्वदा सुरक्षित राख्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हो, हामीले तपाईंको महान् शक्तिका कथाहरू सुनेका छौं। तर यसलाई हामीले हाम्रो परमेश्वरको शहरमा पनि देख्यौं, सर्वशक्तिमान् परमेश्वरको शहरलाई उहाँले अनन्त सम्मको लागि बलियो बनाउनु भयो!