Psalms 49:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू भेडाझैँ मरेर जानेछन् र मृत्युले तिनीहरूलाई खानेछ। धर्मीहरूले तिनीहरूमाथि विजय गर्नेछन्, तिनीहरूका शरीरचाहिँ मृत्युलोकमा आफ्ना घरदेखि टाढामा चाँडै सडेर जानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको अन्त्य भेड़ाको जस्तै चिहानमा हुन्छ, मृत्युले तिनीहरूलाई निल्नेछ। बिहानै सोझाहरूले तिनीहरूमाथि शासन गर्नेछन्, तिनीहरूका राजकीय महलदेखि टाढ़ामा तिनीहरूका देह चिहानमा कुहेर जानेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भेडाहरूजस्तै तिनीहरूको अन्त्य मृत्यु हुन्छ; मृत्यु तिनीहरूको गोठालो हुनेछ (तर बिहानै धर्मीहरूले तिनीहरूमाथि शासन गर्नेछन्)। तिनीहरूका भौतिक शरीर चिहानमा कुहेर जानेछ; तिनीहरूका राजकीय महलदेखि टाढा।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू खाली भेंडा जस्तै हुन्। चिहान नै तिनीहरूको खोर हो। मृत्यु तिनीहरूको गोठाला हुनेछन। त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्। जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन।