Psalms 51:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तपाईंको विरुद्धमा; तपाईंको विरुद्धमा मात्रै; पाप गरेको छु र जे कुरा तपाईंले खराब मान्नुहुन्छ, ती गरेको छु। यसैले तपाईंले मेरो न्याय गर्नुभएको ठीक छ र मलाई दोषी ठहराउनुभएको उचित ठान्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्टिमा जे खराबी छ, त्यही गरेको छु। यसैकारण बोल्नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्छ, र न्याय गर्दा तपाईं न्यायी ठहरिनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तपाईंको विरुद्धमा, मात्र तपाईंकै विरुद्धमा पाप गरेको छु, अनि तपाईंको दृष्टिमा जे खराबी छ, मैले त्यही गरेको छु; यसकारण तपाईंको फैसलामा तपाईं सही हुनुहुन्छ, र तपाईंले न्याय गर्नुहुँदा धर्मी ठहरिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें। परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें म ती गल्तीहरू स्वीकार गर्दछु, ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँचो हुनुहुन्छ। तपाईंको निर्णयहरू निष्कपट छन्।