Psalms 52:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए वीर मानिस! आफ्नो खराबीमा किन फुर्किन्छौ? परमेश्वरको विश्वासयोग्यता अनन्तकालसम्म रहन्छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति दाऊदको मस्किल [1] हे शक्तिशाली मानिस, तिमी किन खराबीमा अहङ्कार गर्दछौ? सारा दिन तिमी किन अहङ्कार गर्दछौ, तिमी, जो परमेश्वरको दृष्टिमा अपमानित छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे वीर मानिस, तँ किन आफ्ना दुष्ट काममा गर्व गर्छस्? किन सारा दिन घमण्ड गर्छस्, तँ, जो परमेश्वरको दृष्टिमा घृणित छस्?
Nepali ERV (पवित्र बाइबल)
हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं? तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।