Psalms 52:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले परमेश्‍वरले तिमीहरूलाई सधैँको लागि नाश पार्नुहुनेछ, उहाँले तिमीलाई पक्रेर घरदेखि निकाली लैजानुहुनेछ, उहाँले तिमीलाई जिउँदाहरूका संसारबाट हटाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले निश्‍चय तँलाई सदाको निम्‍ति नाश गर्नुहुनेछ। उहाँले तँलाई तानेर तेरो निवासस्‍थानबाट निकाल्‍नुहुनेछ, र जिउँदाको भूमिबाट तँलाई जरैसमेत उखेल्‍नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्‍चय नै परमेश्‍वरले तँलाई अनन्तको विनाशमा फाल्नुहुनेछ: उहाँले तँलाई तानेर तेरो वासस्थानबाट निकाल्नुहुनेछ; उहाँले तँलाई जीवितहरूका देशबाट जरैसमेत उखेल्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ! उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाट धकेल्दै तान्नु हुनेछ, जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।