Psalms 52:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हेर, यहाँ एक जना यस्तो मानिस छ, जसले सुरक्षाको निम्ति परमेश्वरमा भर परेन, तर आफ्ना धेरै धन-सम्पत्तिमा भरोसा राख्यो, दुष्ट बन्नमा नै उसले आफ्नो सुरक्षा देख्यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर यो मानिस, जसले परमेश्वरलाई आफ्नो आश्रय बनाएन, तर आफ्ना धन-सम्पत्तिको प्रशस्ततामा भरोसा राख्यो, र अरूलाई विनाश गरी बलियो भयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यो त्यही मानिस हो, जसले परमेश्वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो धेरै धनसम्पत्तिमा भरोसा राख्यो, र अरूलाई विनाश गर्दै आफूचाहिँ बलियो भयो!”
Nepali ERV (पवित्र बाइबल)
“हेर, परमेश्वरमाथि जो भर पर्दैन त्यस मानिसको गति कस्तो हुन्छ। उसले सोच्यो कि सम्पत्ति र झूटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”